बुधबार, भदौ ३१, २०८३

थाइल्यान्डद्वारा नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत थाइल्यान्डले नेपालसामु ६७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा ६६ रनमा सीमित भयो।

जारी प्रतियोगितामा यो कुनै पनि टिमले बनाएको अहिलेसम्मकाे सबैभन्दा कम स्कोर हो। यसअघि गत मंगलबार थाइल्यान्डले हङकङविरुद्ध ७७ रन बनाएको थियो।

थाइल्यान्डका लागि फिरियाङपुङ सुआनचुवाय १३ रनमा अविजित रहे।

यस्तै, हेन्नो जोर्डनले १३ रनको योगदान दिए। २९ बलको सामना गरेका उनले थाइल्यान्डका लागि एक मात्रै छक्का प्रहार गरे।
अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करन केसीले सर्वाधिक ३ विकेट लिए। उनले थाइल्यान्डका रोबेर्ट रैना, वान्चना युसुक र नाभिद पठानलाई आउट गरे। यस्तै, अविनास बोहराले २ विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान १ विकेट चट्काए। थाइल्यान्डका ३ खेलाडी भने रनआउट भए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

 

प्रकाशित: Mar 04, 2020| 03:54 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।