बुधबार, भदौ ३१, २०८३

थाइल्यान्डको चौथो विकेट झर्यो, करनले लिए ३ विकेट

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग प्रतिस्पर्धा गरिरहेको थाइल्यान्डको चौथो विकेट झरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसँग प्रतिस्पर्धा गरिरहेको थाइल्यान्डको चौथो विकेट झरेको छ।

नेपालका करन केसीले थाइल्यान्डको चौथो विकेट लिएका हुन्। उनले चौथो विकेटका रूपमा थाइल्यान्डका रोबेर्ट रैनालाई १ रनमा बोल्ड गरे।

यसअघि उनले थाइल्यान्डका वान्चना युसुकलाई २ तथा नाभिद पठानलाई ८ रनमा आउट गरे।

यस्तै, थाइल्यान्डका एक खेलाडी भने रनआउट भए। प्रारम्भिक ब्याट्सम्यान डानिल जाकोभ्सलाई दीपेन्द्र सिंह ऐरीले ० रनको स्थितिमा रनआउट गरेका थिए।

जारी खेलको १२ ओभर सकिँदा थाइल्यान्डले ३९ रन जोडेको छ। थाइल्यान्डका हेन्नो जोर्डन १३ र जिअउल हक ३ रनमा खेलिरहेका छन्।

नेपालका करन केसी, भुवन कार्की र सन्दीप लामिछाने समान ३ ओभर बलिङ गरेका छन् भने पारस खड्काले र्२ तथा अविनास बोहराले १ ओभर बलिङ गरेका छन्।

नेपालले प्रतियोगिताको तेस्रो खेलका रूपमा थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। यसअघि नेपाल प्रतियोगिताका दुई खेलमा पराजित भएको थियो।

प्रकाशित: Mar 04, 2020| 03:21 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।