मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • थाइल्यान्डको दोस्रो विकेट झर्‍याे, करन र दीपेन्द्रले दिलाए सफलता

थाइल्यान्डको दोस्रो विकेट झर्‍याे, करन र दीपेन्द्रले दिलाए सफलता

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले थाइल्यान्डका सुरुवाती दुई ब्याट्सम्यानलाई आउट गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको थाइल्यान्डले २.४ ओभरमा ८ रनको स्थितिमा दुई विकेट गुमाएको हो।

खेलको १.५ ओभरमा करन केसीले थाइल्यान्डका प्रारम्भिक ब्याट्सम्यान नाभिद पठानलाई ८ रनमा आउट गरे। उनले पठानलाई अभिनास बोहराद्वारा क्याच आउट गराए।

यस्तै, अर्का प्रारम्भिक ब्याट्सम्यान डानिल जाकोभ्स भने खाता नै नखोली आउट भए। उनलाई दीपेन्द्र सिंह ऐरी रनआउट गरे। 

नेपालले प्रतियोगिताको तेस्रो खेलका रूपमा थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। यसअघि नेपाल प्रतियोगिताका दुई खेलमा पराजित भएको थियो।

प्रकाशित: Mar 04, 2020| 02:53 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।