मंगलबार, असार ३०, २०८३

लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एफए कपअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

लन्डन– एफए कपअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको छ।

घरेलु मैदान स्टमफर्ड ब्रिजमा सम्पन्न खेलमा पाहुना टोलीलाई २–० ले हराउँदै चेल्सी अन्तिम ८ मा पुगेको हो।

जितका लागि विलियम र रोज बार्कलेले गोल गरेका थिए। पहिलो हाफमा विलियमले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमै गोल गरेपछि चेल्सीले अग्रता बनायो।

पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा पनि एक गोल थप्यो। ६४ औं मिनेटमा बार्कलेले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

सुरुमै पछि परेको लिभरपुल अन्तिम समयम्म खेलमा फर्कनै सकेन। ऊ जारी सिजसनको एफ कपमा क्वाटरफाइनमा नपुगी बाहिरिएको छ।

४४ खेलसम्म लिगमा अपराजित रहेको लिभरपुल यसैसाता वार्टफोर्डसँग पनि पराजित भएको थियो।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै मिडफिल्डर बार्कलले लिभरपुलको पोस्टमा गोल गरेर खेल जित्नु आफ्नो सपना रहेको बताएका छन्।

प्रकाशित: Mar 04, 2020| 02:25 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।