सोमबार, चैत ९, २०८२

थाइल्यान्डविरुद्ध पुनरागमन गर्ला नेपाल ?

जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज (बुधबार) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज (बुधबार) आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ८ः१५ बजे सुरु हुनेछ।

National life

प्रतियोगिताका दुई खेलसम्म जितविहीन नेपालले थाइल्यान्डविरुद्ध पुनरागमन गर्ला कि नगर्ला ? आम नेपाली क्रिकेटप्रेमीको चासो छ।

नेपाल भने थाइल्यान्डविरुद्ध जित निकाल्दै शीर्ष दुईमा पुग्ने झिनो सम्भावनालाई पछ्याउन चाहान्छ। यसअघि पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा हङकङसँग पराजित नेपाललाई आजको खेलमा जित निकाल्न दबाब छ।

प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेल खेल्न लागेको थाइल्यान्ड पनि खेल जितेर सुखद अन्त्यको खोजीमा रहनेछ। जारी प्रतियोगितामा लगातार ३ खेल हारेको थाइल्यान्ड एसिया छनोट कप प्रतियोगिताबाट बाहिरिसकेको छ।

थाइल्यान्ड पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा हङकङसँग पराजित भएको थियो।

Laxmi sunrise bank
kumari

जारी प्रतियोगिताका शीर्ष २ टोलीले एसिया क्रिकेट कप प्रतियोगिता खेल्न पाउँछन्।

यस्तो छ अंकतालिकामा

अंकतालिकामा नेपाल चौथो स्थानमा रहँदा थाइल्यान्ड पाँचौंमा छ।

यस्तै, सिंगापु्र पहिलो र हङकङ दोस्रो स्थानमा छन्। समान दुई खेलबाट ४ अंक बटुलेका यी टिम रनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। मलेसिया तेस्रो स्थानमा छन्। ३ खेल खेलेको मलेसियाको पनि ४ अंक छ।

प्रकाशित: Mar 04, 2020| 02:17 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।