मंगलबार, असार ३०, २०८३

ओलम्पिक क्वालिफाईङ्गमा नेपालको विजयी शुरुवात

ओलम्पिक २०२० एसिया–ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल शाही ६३ केजी तौल समूहमा विजयी भएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एजेन्सी- ओलम्पिक २०२० एसिया–ओसियाना बक्सिङ्ग क्वालिफाईङ्ग ईभेन्टमा नेपालका मुक्केवाज सनिल शाही ६३ केजी तौल समूहमा विजयी भएका छन्।

उनी किर्गीस्तानका मुक्केवाज काट्रेवेक उलु अर्जेनलाई ४–१ को अन्तरले पराजित गर्दै स्पिलिट डिसिजनको आधारमा विजयी भएका हुन्।

जोर्डनको अमान शहरमा भईरहेको खेलमा सनिलले पहिलो राउण्ड २–३ को आधारमा हार व्यहोरे पनि ५–० अंकले दोश्रो राउण्डलाई आफ्नो पक्षमा पार्न सफल भए। उनले तेश्रो राउण्ड आफ्नो पक्षमा पारी किर्गीस्तानका नम्बर १ खेलाडीलाई पराजित गरे।

सनिलको अर्काे भिडन्त एसियाका बक्सिङ्कको नम्बर वान वरियताका उन्मोनोव भकोडैर मार्च ५ मा हुनेछ। मार्च ५ मा हुने उक्त खेल जित्न सके सनिल ओलम्पिक क्वालिफाईङ्ग हुने सम्भावना अत्याधिक रहेको छ।

यसअघि कुनै पनि ओलम्पिक क्वालिफाईङ्ग खेलमा नेपाली खेलाडीहरुले आफ्नो जित निकाल्न सकेका छैनन्।

त्यस्तै ओलम्पिक क्वालिफाईङ्गमा सहभागी नेपालकी खेलाडी मिनु गुरुङ्गले मार्च ४ मा कोरीयाको खेलाडी इम ऐसँग ५७ केजी तौल समुहमा आफ्नो चुनौती पेश गर्नेछिन्।

प्रकाशित: Mar 03, 2020| 14:48 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।