मंगलबार, असार ३०, २०८३

खप्तड गोल्डकपको उपाधि आयोजक सुदूरपश्चिम–११ लाई

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– आयोजक सुदूरपश्चिम–११ ले पहिलोपटक चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ। फाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ ले १–० को गोल अन्तरले साविक उपविजेता थ्रिस्टार क्लबलाई हराउँदै उपाधि जितेको हो।

फाइनल खेलको पहिलो हाफमै आयोजक सुदूरपश्चिमले अग्रता बनाएको थियो। युवा स्ट्राइकर बिक्रम सिंह ठकुरीको गोलमा सुदूरपश्चिमले अग्रता बनाएको थियो।

खेलको २८ औं मिनेटमा आयोजक सुदूरपश्चिमका तर्फबाट बिक्रमले पोस्ट नजिकैबाट प्रहार गरेको बललाई थ्रिस्टारका किपरले रोक्न नसकेपछि आयोजक टोलीले सुरुवाती अग्रता लियो।

त्यसपछि दबाबमा परेको थ्रिस्टारले आक्रामक खेल प्रस्तुत गरे पनि खेलमा फर्कन सकेन।

लगातार दोस्रो पटक फाइनल पुगेको थ्रिस्टारले कुनै सिजनको खप्तड गोल्डकप जितेको छैन। गत सिजनको फाइनल क्लबमा पनि विभागीय नेपाल प्रहरीसँग हारको सामना गरेको थ्रिस्टरले लगातार दोस्रो पटक कपको उपाधि उचाल्नबाट बन्चित भएको छ।

उता पहिलोपटक फाइनलको यात्रा गरेको आयोजक टोलीले भने पहिलोपटकमै सफलता पाएको छ।

विजेता बन्दै सुदूरपश्चिमले २१ लाख नगद पुरस्कार हात पारेको छ भने उपविजेता थ्रिस्टारले १० लाख नगद उपहार पाएको छ। साथै विधागततर्फ पनि खेलाडीले व्यक्तिगत पुरस्कार पाउने छन्।

प्रकाशित: Mar 03, 2020| 11:55 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।