आइतबार, चैत १, २०८२

भारतमा फैलियो कोरोना : एकै परिवारका ६ जनामा संक्रमण

भारतको उत्तर प्रदेशस्थित आगरामा एकै परिवारका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित आगरामा एकै परिवारका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

National life

सोमबार एकै परिवारका १३ जनाको नमूना जाँच गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको हो। बाँकी सदस्यहरुलाई पनि आइसोलेशन वार्डमा भर्ना गरिएको छ।

आगरा निवासी जुता कारोबारीका दाजुभाइ दिल्ली बस्ने नातेदारसँग इटली भ्रमण गरेर गत फेब्रुअरी २५ मा भारत फर्किएका थिए।

दिल्लीका नातेदारमा कोरोना संक्रमण आइतबार नै पुष्टि भएको थियो।

एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आगराका जुता व्यापारी आफ्ना दुइ भाइसहित परिवारका सबै सदस्य लिएर सोमबार साँझ जिल्ला अस्पताल पुगेर नमूना परीक्षण गराएका थिए।

Laxmi sunrise bank
kumari

तत्कालै एसएन मेडिकल कलेजको माइक्रो बायोलोजी विभागको टिमले नमूना परीक्षण गरेको थियो।

जसमध्ये ६ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पतालका डा.एसके वर्माका अनुसार कोरोना पुष्टि भएका सबैलाई दिल्ली रेफर गरिएको छ।

६ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुले यो बीचमा भेट गरेका आफन्तहरुको पनि स्वास्थ्य परीक्षण गर्न थालिएको छ।

मंगलबार १० जना भन्दा बढी व्यक्तिले अस्पतालमा नमूना दिएका छन्।

स्वास्थ्य मन्त्रालयको टोली आगरा पुगेर अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतमा सोमबार मात्रै तीनजनामा संक्रमण पुष्टि भएको थियो। उनीहरुको उपचार सुरु भएको छ।

त्यसअघि पनि तीनजनामा संक्रमण पुष्टि भएकोमा उनीहरु उपचारपछि घर फर्किएका थिए।

प्रकाशित: Mar 03, 2020| 10:59 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।