बिहीबार, वैशाख ३१, २०८३

यस्तो बन्यो फूलमानको ‘नीरफूल’ (ट्रेलर)

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं। नेपाली कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरका अनुसार प्रेम, बिछोड, पीडा र सरकारी कार्यालयको कार्यशैलीमा आधारित बनेको छ चलचित्र।

National life

भूकम्पबाट विछोडिएको परिवारले पुनर्मिलनका लागि गरेको संघर्षको कथा चलचित्रमा छ। सञ्चारकर्मी फूलमान वलले चलचित्र निर्देशन गरेका हुन्।

‘नीरफूल’मा दयाहाङ राई, जिग्मे घिसिङ, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरीलगायत कलाकारको अभिनय छ।

यसअघि दीपेन्द्र लामा पनि चलचित्र पत्रकारिताबाट फिल्म निर्देशनमा लागेका थिए।

प्रकाशित: Mar 03, 2020| 10:56 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्