बुधबार, जेठ २०, २०८३

कांग्रेसका नगर सभापति वडामै पराजित

बैतडीमा नेपाली कांग्रेसका नगर सभापति वडामै पराजित भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका हुन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

धनगढी– बैतडीमा नेपाली कांग्रेसका नगर सभापति वडामै पराजित भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका हुन्। 

National life

सोमबार सम्पन्न भएको वडा अधिवेशनबाट नगरपालिकाको वडा नम्बर ८ बाट क्षेत्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । 

उनी चन्द्र सिंह थापासँग ४ मत अन्तरले पराजित भएको मतदान अधिकृत सुरेन्द्र चन्दले बताए। थापाले ५७ र चन्दले ५३ मत प्राप्त गरेको मतदान अधिकृत चन्दले बताए। 

सो वडामा १६ जना क्षेत्रीय प्रतिनीधिका लागि २४ जना आकांक्षी रहेका थिए । महिला खुला ३, महिला समावेशी २, अपाङ्ग १ र दलित १ जनामा सहमति भएको थियो। 

९ जना खुला प्रतिनीधिका लागि निर्वाचन भएको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए । सोका लागि १७ जनाको उम्मेदवारी परेको उनले बताए । एक सय २३ मतदाता रहेकोमा एक सय एक जनाले मतदानमा सहभागि भएको उनले बताए । 

Shivam cement

जिल्ला समन्वय समितिका सदस्य समेत रहेका चन्द १३ औं महाधिवेशनबाट नगर सभापतिमा निर्वाचित भएका थिए ।

प्रकाशित: Sep 07, 2021| 14:07 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।