मंगलबार, असार ३०, २०८३

आर्सनलको जित

इंग्लिस एफए कपअन्तर्गत सोमबार राति सम्पन्न खेलमा आर्सनलले जित निकालेको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

एजेन्सी– इंग्लिस एफए कपअन्तर्गत सोमबार राति सम्पन्न खेलमा आर्सनलले जित निकालेको छ। उसले पोर्टस्माउथ २–० को गोल अन्तरले हराउँदै जित निकालेको हो।

पोर्टस्माउथको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टोलीका सोक्रेटिस र नेकेटिले गोल गरे। सोक्रेटिसको गोलसँगै पहिलो हाफमा आर्सनलले एक गोलको अग्रता बनायो। उनले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै सुरुवाती अग्रता बनाए।

दोस्रो हाफमा आर्सनलले गोल गर्यो। खेलको ५१औं मिनेटमा नेकेटिले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम समयसम्म पोर्टस्माउथको तर्फबाट गोल बन्न नसक्दा आर्सनलले २ गोलको अग्रताका साथ जित आफ्नो पोल्टामा पारेको छ।

जितसँगै आर्सनल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एफए कपको पाँचौ राउन्डका खेल हिजोबाट सुरु भएका छन्, जसअन्तर्गत १६ टिमले प्रतिस्पर्धा गर्ने छन्। आज राति १ः४५ बजे चेल्सी र लिभरपुल भिड्दै छन् भने सोही समयमा अन्य २ खेल पनि हुँदै छन्।

प्रकाशित: Mar 03, 2020| 03:21 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।