आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट अमेरिकामा एकै दिन चारको मृत्यु, मृतकको संख्या ६ पुग्यो

कोरोना भाइरसबाट अमेरिकामा एकै दिन चारको मृत्यु, मृतकको संख्या ६ पुग्यो

अमेरिकाको वासिंटन राज्यमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

वासिंटन– अमेरिकाको वासिंटन राज्यमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ।

National life

यससँगै अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या ६ पुगेको छ। अमेरिकाको एक सय दुई जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँका ११ राज्यमा कोरोना संक्रमित बिरामी भेटिएका छन्। 

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गरेका छन्। उनीहरूले करिब १५ सय मानिसहरूलाई संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन्।

कोरोना भाइरस संक्रमण फैलन थालेपछि सोमबार वासिंटनका विद्यालय बन्द गरिएका छन्।

प्रकाशित: Mar 03, 2020| 03:03 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।