आइतबार, चैत १, २०८२

कोरोनाबाट इरानका सर्वोच्च नेताका सल्लाहकारकै मृत्यु

कोरोना भाइरसका कारण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकारको समेत मृत्यु भएको छ। ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दीको सोमबार मृत्यु भएको हो ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

कोरोना भाइरसका कारण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकारको समेत मृत्यु भएको छ। ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दीको सोमबार मृत्यु भएको हो ।

National life

कोरोनाले भयावह रुप लिएको इरानमा अहिलेसम्म पन्ध्रसय बढि संक्रमित भएका छन् भने ६६ जनाको मृत्यु भएको छ । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको थियो ।

यस्तै इरानकी उपराष्ट्रपति मोसुमेह इब्तेकार र उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

हारिर्चीले कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका थिए ।

उच्च पदस्तहरुलाई नै कोरोनाको संक्रमण देखिन थालेपछि इरानका नागरिक आतंकित भएका छन् । सरकारले कोरोनाको रोकथाम गर्न प्रभावकारी कदम नचालेको उनीहरुको गुनासो छ ।

Laxmi sunrise bank
kumari

मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित: Mar 03, 2020| 02:45 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।