शनिबार, कात्तिक २९, २०८२

एक्सनले भरिपूर्ण फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित बलिउड फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ। रोहित शेट्टी निर्देशित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं - बहुप्रतिक्षित बलिउड फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक भएको छ। रोहित शेट्टी निर्देशित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो।

National life

अक्षय कुमारको प्रमुख भूमिका रहेको एक्सन फिल्म सूर्यवंशीमा अजय देवगन र रणवीर सिंहकोसमेत अभिनय रहेको छ। अभिनेत्रीको भूमिकामा केटरिना रहेकी छिन्। अजय सिंघमको भूमिकामा देखिने छन् भने सिम्बाको भूमिकामा रणविर देखिने छन्।

ट्रेलरमा अक्षय कुमारलाई एक एन्टि टेररिज्म स्क्वाडका रुपमा देखाइएको छ। जो देशको रक्षाका लागि जे गर्न पनि हरदम तयार हुन्छ। उनको श्रीमतीको भूमिकामा कटरिना छिन् भने उनीहरुको एक बच्चा पनि छ। सूर्यवंशीको ट्रेलरको सुरुवात मुम्बईमा सन् २०९३ मा भएको बम हमलाबाट सुरु भएको छ। यसपछि २००२ मा बसमाथि भएको हमला, २००६ मा ट्रेन हमला र २००८ मा भएको मुम्बई हमलालाई जोडिएको छ। यसपछि मुम्बईमा आतंकवादीहरुले गर्न लागेको ठूलो हमला रोक्ने जिम्मेवारी अक्षयलाई दिइन्छ र उनी यसका लागि हरसम्भव प्रयास गर्छन्। उनी यसका लागि रणविर र अजयको सहयोग पनि लिन्छन्। यसैको सेरोफेरोमा फिल्क घुमेको छ।

यसलाई बलिउडकै हालसम्मकै लामो ट्रेलर मानिएको छ। कुल ४ मिनेट १५ सेकेन्डको ट्रेलर बनेको छ। ट्रेलर हेर्दा बक्स अफिसमा यसले धुम मचाउने निश्चित छ। तीन फिल्म स्टारलाई एउटै फिल्ममा देख्न पाइने भएपछि दर्शकहरु पनि उत्साहित बनेका छन्। सूर्यवंशी २४ मार्चमा विश्वभर एकसाथ प्रदर्शन हुने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 02, 2020| 09:56 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्