मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • न्युजिल्यान्डद्वारा भारतविरुद्धको टेस्ट शृंखला क्लिन स्विप

न्युजिल्यान्डद्वारा भारतविरुद्धको टेस्ट शृंखला क्लिन स्विप

न्युजिल्यान्डले भारतविरुद्धको दुई टेस्टकाे क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

न्युजिल्यान्ड– न्युजिल्यान्डले भारतविरुद्धको दुई टेस्टकाे क्रिकेट शृंखला क्लिन स्विप गरेको छ।

न्युजिल्यान्डले घरेलु मैदानमा सोमबार सम्पन्न दोस्रो खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै शृंखला २–०ले क्लिन स्विप गरेको हो।

यसअघि पहिलो टेस्टमा न्युजिल्यान्ड १० विकेटले विजयी भएको थियो।

सोमबार सम्पन्न दोस्रो खेलमा भारतले दिएको १३२ रनको लक्ष्य न्युजिल्यान्डले तीन विकेट गुमाएर पूरा गर्यो। त्यसअघि भारतले दोस्रो इनिङमा १२४ रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो।

भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक २४ रन बनाए। रवीन्द्र जडेजाले १६ रनमा अविजित रहँदा पृथ्वी सो र कप्तान विराट कोहलीले समान १४ रन जोडे।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट विकेट लिए। यस्तै, टिम साउथीले ३, कोलिन डि ग्रान्डहोम तथा नेल वागनरले १–१ विकेट चट्काए।

भारतले पहिलो इनिङमा २४२ रन बनायो। उसका लागि हनुमा विहारीले सर्वाधिक ५५ रन बनाउँदा पृथ्वी सो र चेतेश्वर पुजाराले समान ५४ रन बनाए।बलिङतर्फ न्युजिल्यान्डका केली जेमिन्सनले सर्वाधिक ५ विकेट लिए। यस्तै, टिम साउथी र ट्रेन्ड बोल्टको नाममा समान २ विकेट रह्यो।

न्युजिल्यान्डले पहिलो इनिङमा २३५ रन मात्रै बनायो। न्युजिल्यान्डको पारीमा टम लाथमले सर्वाधिक ५२ र केली जेमिसनले ४९ रन जोडे। बलिङतर्फ भारतका मोहम्मद शामीले सर्वाधिक ४ विकेट लिए। यस्तै, जसप्रित बु्मराहले ३, रवीन्द्र जडेजाले २ र उमेश यादवले १ विकेट चट्काए।

प्रकाशित: Mar 02, 2020| 05:44 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।