सोमबार, फागुन १८, २०८२

सुदूरपश्चिममा अब ६ दल, जसपाका दुई सांसद दुईतिर

जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

धनगढी– जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। 

कैलालीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद चौधरीले लोसपामा सनाखत गरेको निर्वाचन अधिकारी प्रेम भट्टले बताए। उनले महन्थ ठाकुर नेतृत्वको लाकतान्त्रिक समाजवादी पार्टी रोजेपछि अब प्रदेशसभामा जसपाको तर्फबाट मालामतीकुमारी राना मात्रै छिन्। 

गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा महन्थ ठाकुर समूहलाई साथ दिँदै आएकी थिइन्। तर,  पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन्।

जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टी १४ सांसदसहित पहिलो बनेको छ भने १३ सांसदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको भएको छ। जसपा र लोसपाका एक–एक सांसद छन्।


प्रकाशित: Sep 07, 2021| 13:36 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।