बिहीबार, वैशाख ३१, २०८३

कोरोना संक्रमित ४५ हजार बिरामी घर फर्किए

कोरोना संक्रमण देखिएका ४५ हजार बिरामी उपचारपछि घर फर्किएका छन्।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं- कोरोना संक्रमण देखिएका ४५ हजार बिरामी उपचारपछि घर फर्किएका छन्।

National life

वर्ल्डमिटर डट इन्फोका अनुसार विश्वभरका ८९ हजार ७५ कोरोना संक्रमितमध्ये ४५ हजार एक सय २३ बिरामी उपचारपछि घर फर्किएका छन्।

कोरोनाको केन्द्रविन्दु मानिने चीनका ८० हजार २६ संक्रमितमध्ये ४४ हजार चार सय ९९ बिरामी घर फर्किएका वर्ल्डमिटर डट इन्फोमा उल्लेख छ।

चीनपछि इरानमा उपचारपछि घर फर्किने बढी छन्। इरानमा नौ सय ७८ जनामा कोरोना संक्रमित भएकोमा एक सय ७५ उपचारपछि घर फर्किएका छन्। यस्तै, इटालीमा ८३, सिंगापुरमा ७४, जापानमा ४२, दक्षिण कोरियामा ३० बिरामी पनि उपचारपछि घर फर्किएका छन्। 

तीन हजारभन्दा बढीको मृत्यु

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म तीन हजार ५३ को ज्यान गइसकेको छ।

मृत्यु हुनेमा चीनमा सबैभन्दा बढी दुई हजार नौ सय १२ छन्। त्यस्तै, इरानमा ५४, इटालीमा ४१, दक्षिण कोरियामा २२, जापानमा ६, फ्रान्स, हङकङ, अमेरिकामा दुई–दुई तथा थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनोमा एक–एक जनाको ज्यान गएको छ।

पछिल्लो समय कोरोना संक्रमण मध्यपूर्व तथा युरोपमा तीव्ररूपमा फैलिरहेको छ। १० दिनयता कोरोना संक्रमण ३७ देशमा देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ।

प्रकाशित: Mar 02, 2020| 03:31 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।