बुधबार, भदौ ३१, २०८३

म्यानचेस्टर सिटीलाई लिग कपको उपाधि

एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

लन्डन– एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक लिग कपको उपाधि जितेको छ। 

उसले यो उपाधि पाछिल्ला पाँच वर्षमा चार पटक जितिसकेको छ। आइतबार राति सम्पन्न खेलमा एस्न्टोन भिल्लालाई हराउँदै सिटीले लिग कपको उपाधि हात पारेको हो। 

वेम्बली स्टेडियममा भएको खेलमा सिटीले एस्टोन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्यो। सर्जियो अग्युरो र रोड्रीले गोल गर्दै सुरुवातमै सिटीलाई अग्रता दिलाएका थिए।  

खेलको ३० मिनेटभित्रै सिटीले खेलमा २-० को अग्रता बनाउन सफल भयो। भिल्लाका लागि मबवाना समताले हेडमार्फत एक सान्त्वना गोल गरे। उता, प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी यस वर्ष उपाधि होडबाट बाहिरिसकेको जस्तै छ। शीर्ष स्थानको लिभरपुलले सिटीलाई २२ अंकले पछाडि छोडेको छ।

दुई वर्ष प्रतिबन्धमा परेको सिटीले गत बुधबार च्याम्पियन्स लिगमा रियल मड्रिडलाई पराजित गरेको थियो। त्यसको एक हप्ता नबित्दै रियलले लिग कपको उपाधि उचाल्यो।

गत वर्ष सिटीले लिग कप, प्रिमियर लिग र एफ ए कपको उपाधि उचालेको थियो।

प्रकाशित: Mar 02, 2020| 02:23 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।