मंगलबार, असार ३०, २०८३

एल क्लासिकोमा जितसँगै रियल शीर्षस्थानमा

ला लिगाअन्तर्गत स्पेनिस महारथि रियल मड्रिडले एल क्लासिको (महाभिडन्त)मा जित निकालेको छ। घरेलु मैदान बर्नाबेउमा आइतबार राति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनामाथि २–०को गोलअन्तरले हराएको हो।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

मड्रिड– ला लिगाअन्तर्गत स्पेनिस महारथि रियल मड्रिडले एल क्लासिको (महाभिडन्त)मा जित निकालेको छ।

घरेलु मैदान बर्नाबेउमा आइतबार राति सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनामाथि २–०को गोलअन्तरले हराएको हो। रियलले घरेलु मैदानका पछिल्ला ४ खेलमा बार्सिलोनालाई हराउन सकेको थिएन।

आइतबार राति बार्सिलोना पराजित भएपछि उसको लामो दौरलाई समेत धक्का पुगेको छ। ला लिगाका पछिल्ला सात एल क्लासिकोमा रियलले जित निकाल्न सकेको छैन। जसमा तीन खेल बराबरी भएका थिए भने ४ खेल बार्सिलोनाले जितेको थियो।

आइतबार राति रियलले जित निकाल्दा भिनिसियस जुनियर र मारिनोले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियल हावी भएको थियो। खेलको ७१ औं मिनेटमा भिन्सियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै खेलको इन्ज्युरी समयमा मारियानोले गोल गर्दा रियलले २–० को जित सुनिश्चित गर्‍यो।

जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। जारी सिजन २६ खेल खेलेको रियलले १६ जित, ८ बराबरी र २ हारसँगै ५६ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै बार्सिलोनाको ५५ अंक छ। बार्सिलोनाले २६ खेलमा १७ जित, ४ बराबरी र ५ पराजय ब्यहोर्दै ५५ अंक जोडेको हो।

तालिकाको तेस्रो र चौथो स्थानमा ४६ र ४५ अंकसहित क्रमश सेभिया र गेटाफे रहेका छन्।

यो खेलसँगै बार्सिलोनाका लागि अर्जेन्टिनी फरबार्ड लियोनेल मेस्सी सबैभन्दा धेरै एल क्लासिको खेल्ने खेलाडी बनेका छन्। उनले ४२ एक क्लासिको खेलिसकेका छन्।

रियल मड्रिड र बार्सिलोनाको खेललाई एल क्लासिको भनिन्छ।

प्रकाशित: Mar 02, 2020| 01:40 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।