सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने

खप्तड गोल्डकपको फाइनलमा थ्रीस्टार, उपाधिका लागि आयोजक सुदूरपश्चिम–११ सँग भिड्ने
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

धनगढी। थ्रीस्टार अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आइतबार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन सेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले फाइनलको यात्रा तय गरेको हो।

National life

पहिलो हापको २३ औं मिनेटमा थ्रीस्टारका आशिष राईले गरेको गोल नै निर्णायक बन्यो। निकै प्रतिष्पर्धात्मक खेलमा हिमालयन सेर्पाले पाएको थुप्रै अवसरलाई गोलमा परिणत गर्न नसकेपछि फाईनल यात्रामा पुर्णबिराम लगाउनुपर्यो।

प्रतियोगितामा थ्रीस्टारका अनन्त तामाङले म्यान अफ द म्याचको पुरस्कार जितेका छन्। थ्रीस्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम ११ संग खेल्नेछ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब पहिलो पटक फाईनलमा पुगेको हो।

शनिबार उसले सशस्त्र प्रहरी वलको एपीएफ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। प्रतियोगिताको उपाधि जित्ने टीमले नगद २१ लाख र ट्रफि तथा दृत्तिय हुने टिमले १० लाख पाउने छ।

प्रकाशित: Mar 01, 2020| 17:30 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।