बिहीबार, साउन १४, २०८३

दिल्ली हिंसाबाट चिन्तित अभिनेत्रीले भाजपा छोडिन्

बांग्ला फिल्मकी लोकप्रिय अभिनेत्री सुभद्रा मुखर्जीले भनेकी छन्, ‘जहाँ मानिसहरुलाई उनीहरुको धर्मका आधारमा चिनिन्छ, म त्यस्तो राजनीतिसँग आफूलाई जोड्न चाहन्न।’
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं- दिल्लीमा भएको हिंंसाबाट चिन्तित बांग्ला फिल्मकी अभिनेत्री सुभद्रा मुखर्जीले भाजपाबाट अलग हुने घोषणा गरेकी छन्।

सन् २०१३ मा भाजपामा सामेल भएकी मुखर्जीले भाजपा बंगालका अध्यक्ष दीलिप घोषलाई राजीनामा बुझाएकी हुन्।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुखर्जीले भनेकी छन्, ‘म निकै आशा राखेर भाजपामा आवद्ध भएकी थिएँ तर, म अब त्यस्तो राजनीतिसँग आफूलाई जोड्न चाहन्नँ जहाँ मानिसलाई मानवाताका आधारमा नभई धर्मका आधारमा चिनिन्छ।’

उनले हालै दिल्लीमा भएको हिंंसामा ४० व्यक्तिको मृत्युले आफूलाई व्याकुल बनाएको उल्लेख गरेकी छन्।

सुभद्रा मुखर्जीको राजीनामाप्रति टिप्पणी गर्दै भाजपा वरिष्ठ नेता शामिक भट्टाचार्यले आफूलाई यो राजीनामा बारे पहिल्यै जानकारी रहेको र उनले यसमा पुनः विचार गर्ने अपेक्षा राखेको बताएका छन्।

भारतको राजधानी दिल्लीमा गत साता भएको दंगामा ४० जनाको मृत्यु भएको थियो। भाजपा नेतृत्वको सरकारले हिंंसा नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित: Mar 01, 2020| 08:44 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।