मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल लगातार दोस्रो खेलमा पराजित, एसिया कपमा छनोट सम्भावना न्यून

नेपाल लगातार दोस्रो खेलमा पराजित, एसिया कपमा छनोट सम्भावना न्यून

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

आइतबार थाइल्यान्डको बैंककमा सम्पन्न आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो।

लगातार दुई खेलमा पराजित भएसँगै नेपालको एसिया कप छनोट खेल्ने सम्भावना न्यून भएको छ। एसिया कप छनोट खेल्न जारी प्रतियोगिताको शीर्ष २ मा पर्नुपर्नेछ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमा समेटियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन बनाए। ४३ बलको सामना गरेको उनले आफ्नो पारीमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, ओपनिङमा आएका कुशल मल्लले १९ रन जोडे। अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ हरोन मोहम्मद अशरदले सर्वाधिक ५ विकेट लिए। उनले ३.१ ओभरमा १० रन मात्रै खर्चिए। यस्तै, अफताव हुशेन खानले ३ र इहशन खानले दुई विकेट चट्काए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन जोडेको थियो।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन जोडे। २९ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र दुई छक्का प्रहार गरे। यस्तै, मोहम्मद अ‍ैजाज खानले २९, हरोन मोहम्मद अशरदले २७, शाहिद वाशिदले २६ र जेम्स जोन अट्किन्सनले १३ रनको योगदान दिए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले समान २ विकेट लिए। कुशल मल्लले १ विकेट चट्काए। हङकङका एक खेलाडी रनआउट भएका थिए।

यसअघि शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।

प्रकाशित: Mar 01, 2020| 05:43 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।