मंगलबार, असार ३०, २०८३

हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन जोड्यो।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन जोडे। २९ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र दुई छक्का प्रहार गरे। यस्तै, मोहम्मद अ‍ैजाज खानले २९, हरोन मोहम्मद अशरदले २७, शाहिद वाशिदले २६ र जेम्स जोन अट्किन्सनले १३ रनको योगदान दिए।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले समान २ विकेट लिए। कुशल मल्लले १ विकेट चट्काए। हङकङका एक खेलाडी रनआउट भएका थिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित: Mar 01, 2020| 04:47 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।