मंगलबार, असार ३०, २०८३

होफेन्हेममाथि बायर्नको गोलवर्षा

जर्मनकाे शीर्ष लिग बुन्डेसलिगामा साविक विजेता बायर्नले होफेन्हेममाथि गोलवर्षा गरेको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

म्युनिख– जर्मनकाे शीर्ष लिग बुन्डेसलिगामा साविक विजेता बायर्नले होफेन्हेममाथि गोलवर्षा गरेको छ।

शनिबार राति सम्पन्न खेलमा बायर्नले घरेलु समर्थकको साथ पाएको होफेनहोमलाई ६–० को गोलले पराजित गरेको हो।

रेइन नेक्कार इरिना स्टेडियममा सम्पन्न खेलमा बार्यनले पहिलो हाफमा ४ र दोस्रोमा २ गोल गरेको थियो। जितका लागि सार्ज नाब्री, जोस्हु किम्मिच, जोस्हु जिरक्जे, फिलिप काउटिन्हो र लियोन जोर्टजकाले गोल गरे।

खेलको दोस्रो मिनेटमै गोल गरेर नाब्रिले बायर्नलाई सुरुवाती अग्रता दिलाए। सातौं मिनेटमा किम्मिचले गोल गर्दा अग्रता दोब्बर भएको थियो। त्यस्तै, जिरक्जेले १५ औं मिनेटमा गोल गर्दा होफेन्हेम तीन गोलले पछि परिसकेको थियो।

पहिलो हाफको अन्तिम गोल काउटिन्होले गरे। उनले ३३ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको सुरुमै काउटिन्होले व्यक्तिगत दोस्रो गोल गरे।
६३ औं मिनेटमा बायर्नका तर्फबाट जोर्टजकाले गरेको गोल खेलको अन्तिम गोल भयो।

जितसँगै बार्यनले २४ खेलबाट ५२ अंक बनाएको छ। १६ जित र ४ बराबरी खेलेको बार्यन १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको लिपिजेले एक खेल कम खेलेर ४८ अंक बनाएको छ।

प्रकाशित: Mar 01, 2020| 01:21 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।