मंगलबार, असार ३०, २०८३

नेपाल र हङकङबीच प्रतिस्पर्धा आज

थाइल्यान्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा आज (आइतबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं– थाइल्यान्डको बैंककमा जारी एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगितामा (आइतबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ८ः१५ मा सुरु हुनेछ।

आजको खेलमा नेपाल हङकङविरुद्ध जित निकाल्दै शीर्ष २ को सम्भावनालाई कायम राख्ने मनस्थितिमा रहनेछ।

यसअघि शनिबार मलेसियासँग २२ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। हङकङविरुद्ध खेल जित्न नेपाललाई सहज भने हुने छैन। यद्यपि, नेपाल वरीयतामा हङकङभन्दा अघि छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा छ भने हङकङ २३ औं स्थानमा छ।

प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हङकङ पनि आजको खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने दाउमा छ। हङकङलाई पनि नेपालविरुद्ध जित निकाल्न सहज देखिँदैन।

हेड टु हेडका आधारमा भने नेपालभन्दा हङकङ बलियो छ। यी दुई टोलीबीच भएका पाँच खेलमध्ये नेपालले १ मा मात्रै जित निकाल्न सकेको छ। हङकङले भने २ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ।

जारी प्रतियोगिताका शीर्ष दुई टोली आगामी सेप्टेम्बरमा मलेसियाको क्वालालाम्पुरमा हुने एसिया छनोट प्रतियोगिता खेल्न पाउनेछन्।

प्रकाशित: Mar 01, 2020| 02:40 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।