लन्डन– इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले अप्रत्यासित हार भोगेको छ। ४४ खेलयता अपराजित रहेको लिभरपुल शनिबार राति घरेलु टोली वार्टफोर्डसँग ०–३ ले पराजित भएको हो।
खेलको ५४ औं मिनेटमा इस्माइला सारले गोल गोल गर्दै वार्टफोर्डलाई अग्रता दिलाए। त्यसको ६ मिनेटभित्र उनले व्यक्तिगत दोस्रो गोल गरे। र, ७२ औं मिनेटमा टोरी डिनेले गोल गर्दा वार्टफोर्डले ३–० को जित सुनिश्चित गर्यो।
खेलपछि लिभरपुलका प्रशिक्षक यार्गेन क्लोपले भने, “उनीहरुले जे चाहेका थिए, त्यो गरे, जुन हामीले गर्न सकेनौं। फुटबल यसरी नै चल्छ।”
लिभरपुल पछिल्लो पटक सन् २०१९ जनवरीमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।