सोमबार, चैत ९, २०८२

खप्तड गोल्डकपः पहिलो पटक आयोजक फाईनलमा

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

धनगढी- आयोजक सुदुरपश्चिम–११ स्पोर्टस पहिलो पटक अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ।

National life

धनगढी रंगशालामा शनिवार भएको पहिलो सेमिफाईनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई सुदूरपश्चिम–११ प्रतियोगिताको फाईनलमा पुगेको हो।

धनगढी रंगशालामा भएको खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो। सुदुरपश्चिम–११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे। एपीएफका आशिष लामाले एक गोल फर्काए।

रोमाञ्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो। घरेलु समर्थकको साथ पाएको सुदूरपश्चिमले एपीएफविरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो।

विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। खेलको ११ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै सुदूरपश्चिमलाई २–० को अग्रता दिलाए।

Laxmi sunrise bank
kumari

त्यसपछि खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए। दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल सुदुरपश्चिमले २–१ ले आफ्नो बनायो।

प्रतियोगिताको दोस्रो संस्करणमा सुदुरपश्चिम एपीएफसँग नै पराजित भएको थियो। खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका विक्रम चुनिए। उनले नगद १० हजार पाए।

फाइनल पुगेपछि सुदुरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले अघिल्लो पटक हारेको ईखले खेल्दा जित निकाल्न सफल भएको बताए। ‘दुई वर्षअगाडि हारेको याद छ। त्यसैलाई स्मरण गरेर खेल्यौँ। सुरुका दुई गोलले सजिलो भयो,’ उनले भने।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले सुरुमै दुई गोलले पछि पर्दा पुनरागमन गर्न नसकेको बताए । ‘सुरुमा २–० ले पछि पर्दा कम ब्याक गर्न सकेनौँ। रेफ्रीको निर्णयले गर्दा हार ब्यहोर्यौ। दोस्रो हाफमा विंगरले खेल्न सकेनन्,’ उनले भने। अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया प्रदान गरिने छ।

धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजार पाँच सय मूल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होल बडी चेकजाँचको सुविधा समेत पाईरहेका छन्।

वाराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक वर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिनेछ।

प्रकाशित: Feb 29, 2020| 18:36 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।