मंगलबार, असार ३०, २०८३

बक्सिङको एसियन छनोट खेल्ने दुई खेलाडीको बिदाई

टोकियो ओलम्पिक २०२० अन्तर्गत जोर्डनमा हुन लागेको बक्सिङको एसिया क्षेत्रको छनोट खेल्ने दुई खेलाडीको आज (शनिबार) बिदाई गरिएको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– टोकियो ओलम्पिक २०२० अन्तर्गत जोर्डनमा हुन लागेको बक्सिङको एसिया क्षेत्रको छनोट खेल्ने दुई खेलाडीको आज (शनिबार) बिदाई गरिएको छ।

नेपाल बक्सिङ संघले जोर्डन जान लागेका खेलाडीद्वय सनिल क्षेत्री र मिनु गुरुङसहित चार जनाको टोलीलाई बिदाई गरेको हो। टोलीमा प्रशिक्षकद्वय प्रकाश थापामगर र अलिशेर राखिमोभ छन्।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र बक्सिङ संघका अध्यक्ष राम आलेमगरले बिदाइ गरेका थिए। उनीहरू भोलि (आइतबार) बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डन प्रस्थान गर्नेछन्।

प्रतियोगिताअन्तर्गत गुरुङले ५७ केजी (महिला) तथा शाहीले ६३ केजी (पुरुष)तर्फ प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताबाट ५७ केजी तौल समूहमा ४ महिला र ६३ केजी तौल समूहमा ६ पुरुष खेलाडी ओलम्पिकका लागि छानिनेछन्।

यसअघि चीनको बुहानमा फेब्रुअरी ३ देखि १४ सम्म छनोट खेलाइने तालिका भए पनि त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतियोगिता जोर्डनमा सारिएको हो।

इन्टरनेसनल ओलम्पिक काउन्सिल (आइओसी)अन्तर्गतको बक्सिङ टाक्स फोर्सले सूचना प्रकाशित गरी प्रतियोगिता सारेको जानकारी गराइसकेको छ।

ओलम्पिकमा छनोट हुने विश्वास छ : शाही

पछिल्लो संस्करणको सागका स्वर्ण विजेता शाहीले आफू ओलम्पिकमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। “जोर्डनको टुर्नामेन्टबाट सेलेक्ट हुनुपर्छ भन्ने लागेको छ,” बिदाई कार्यक्रममा उनले भने, “ओलम्पिक खेल्ने कुनै पनि खेलाडीको सबैभन्दा ठूलो चाहना हुुन्छ। मलाई पनि यो टुर्नामेन्ट ओलम्पिक खेल्ने बाटो हुनेछ।”

साग सकेलगतै उनी ओलम्पिकको तयारीमा लागेका थिए। “साग सकेर पाँच दिनमात्र छुट्टी लिएर फेरि ट्रेनिङमा फर्किएको थिएँ। तयारी राम्रो भएको छ,” उनी भन्छन्, “कोरोना भाइरसका कारण प्रतियोगिता एक महिना पछि सरेका कारण अझै धेरै ट्रेनिङ गर्न पाएको छु। खुसी नै छु।”

उनी १३ औं दक्षिण एसियाली खेल(साग)मा स्वर्ण पदक विजेता पनि हुन्। त्यसकारण उनी ओलम्पिकमा छनोट हुने अपेक्षा गरिएको छ। नेपालीको सोही आशालाई ध्यानमा राखेर उनले सागपछिको प्रशिक्षणलाई फोकस गरेका हुन्।

भन्छन्, “सागपछि प्रशिक्षण गर्दा धेरै कमजोरीमा सुधार गरेको छु। मैले नयाँ टेक्निकमा पनि फोकस गरेको छु। सिकाई राम्रो भएको छ।”

उनले दुई वटा मात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्, पहिलो थाइल्यान्डमा र दोस्रो सागमा । त्यही अनुभवका आधारमा अगाडि बढ्ने उनको सोचाइ छ। 

बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव रमेश सिलवालले नतिजा सकारात्मक आउनेमा आफू विश्वस्त रहेको बताए। नेपालका सबै खेल क्षेत्रका खेलाडीले कम समयमै तयारी गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले बक्सिङमा विदेशी प्रशिक्षकबाट प्रशिक्षण गरिएको जानकारी दिए।

नेपाल बक्सिङ संघका अध्यक्ष राम आलेमगरले नेपाली खेलाडीमा क्षमता भएको बताए। उनले गत मंसिरमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा खेलाडीको सीपका कारण तीन स्वर्ण तथा ६–६ रजत र कास्य जितेको बताए।

प्रकाशित: Feb 29, 2020| 16:53 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।