आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट इरानमा २१० को मृत्यु, अस्ट्रेलियाद्वारा इरान भ्रमण नगर्न चेतावनी

कोरोनाबाट इरानमा २१० को मृत्यु, अस्ट्रेलियाद्वारा इरान भ्रमण नगर्न चेतावनी

कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

तेहरान– कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

National life

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संख्याभन्दा यो ६ गुणा बढी हो। शुक्रबार सरकारी अधिकारीहरूले कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए। 

त्यहाँ करिब १५ हजार कोरोना संक्रमित रहेको बताइएको छ। 

कोरोना भाइरस संक्रमितमध्ये अधिकांश राजधानी तेहरान र कुम सहरका रहेको बताइएको छ। इरानमा पहिलो पटक कुम सहरमै उक्त भाइरसको संक्रमण देखिएको थियो।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए। अमेरिकाले पनि इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।

Laxmi sunrise bank
kumari

इरानी अधिकारीहरूले कोरोना फैलन नदिन मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउन सुझाव दिइरहेका छन्।

इरानले शनिबारबाट देशभरका विद्यालयमा कम्तीमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

यसैबीच अस्ट्रेलियाले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट अत्यन्त प्रभावित इरानको भ्रमणमा नजान चेतावनी दिएको छ।

इरानमा कोरोना भाइरस संक्रमण दर उच्च हुँदै गएकाले अस्ट्रेलियाले यस्तो चेतावनी दिएको हो।

चीनको हुबेई प्रान्तमा गत डिसेम्बरमा देखिएको कोरोनाको प्रकोपबाट विश्वभर तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित: Feb 29, 2020| 14:23 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।