मंगलबार, असार ३०, २०८३

मलेसियाले दियो नेपाललाई १५५ रनको लक्ष्य

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं- थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ गर्न आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन जोड्यो।

मलेसियाको लागि सियद फजले अर्धशतकीय पारी खेले। ३५ बलको सामना गरेका उनले आफ्नो पारीमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए। त्यस्तै, अनवर अरुदिनले ३१ र अहमद फैजले ३० रन जोडे।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। जारी खेलमा सर्वाधिक किफायती बलिङ गरेका उनले ४ ओभरमा २२ रन मात्रै खर्चिए। यस्तै, अविनाश बोहराले २ तथा करन केसीले १ विकेट चट्काए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित: Feb 29, 2020| 13:45 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।