मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० क्रिकेटमा सन्दीपको कीर्तिमान, सय विकेट लिने पहिलो नेपाली खेलाडी

टी–२० क्रिकेटमा सन्दीपको कीर्तिमान, सय विकेट लिने पहिलो नेपाली खेलाडी

युवा क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– युवा क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

एसीसी इस्टर्न टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।

उनले जारी खेलको आफ्नो पहिलो ओभरको दोस्रो बलमा विकेट लिए। यस्तै, उनले साेही ओभरको तेस्रो बलमा पनि विकेट चट्काए। यससँगै टी–२० क्रिकेटमा उनको राष्ट्रिय टोलीबाट विकेट संख्या ३० पुगेको छ।

यस्तै, उनले बिग–बासमा २६, क्यारेबियन प्रिमियर लिगमा १५, इन्डियन प्रिमियर लिग (आइपीएल)मा १३, पाकिस्तान सुपर लिगमा ११, बंगलादेश प्रिमियर लिगमा ४ र अफगान प्रिमियर लिगमा २ विकेट लिएका छन्।

उनले टी–ट्वान्टीअन्तर्गत आइपीएलको आफ्नो डेब्यु खेलमै विकेट लिएका थिए। सन् २०१८ को आइपीएलमा तत्कालीन दिल्ली डेयरडेभिल्सबाट उनले रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेललाई एलबीडब्लुको सिकार बनाएका थिए।

 

प्रकाशित: Feb 29, 2020| 13:07 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।