बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नायक केसीविरुद्ध ठगीको उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध शुक्रबार ठगी अभियोगमा उजुरी परेको हो। केसीविरुद्ध चलचित्र निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उजुरी दिएका हुन्।
 |  शनिबार, फागुन १७, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं - नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध शुक्रबार ठगी अभियोगमा उजुरी परेको हो। केसीविरुद्ध चलचित्र निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले उजुरी दिएका हुन्।

triton college

फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स लिएपनि फिल्म नखेलेरे उनले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए।

केसीसँग गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता भएको थियो। सम्झौताअनुसार केसीले ५ लाख एडभान्स लिएका उजुरीमा उल्लेख छ। यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख छ।

उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाएका थिए। केसीले आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्‍याएकोले भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन उजुरीमा माग गरिएको छ।

प्रकाशित: Feb 29, 2020| 08:40 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्