मंगलबार, असार ३०, २०८३

तीन पटकका ओलम्पिक च्याम्पियनलाई स्वीमिङमा प्रतिबन्ध

तीन पटकका ओलम्पिक च्याम्पियन चिनियाँ पौडीबाज सन याङलाई स्वीमिङमा ८ वर्षको प्रतिबन्ध लागेको छ। उनले सन् २०१८ मा एन्टी डोपिङ रुल तोडेको भन्दै उनलाई प्रतिबन्ध लागेको हो।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

चीन - तीन पटकका ओलम्पिक च्याम्पियन चिनियाँ पौडीबाज सन याङलाई स्वीमिङमा ८ वर्षको प्रतिबन्ध लागेको छ। उनले सन् २०१८ मा एन्टी डोपिङ रुल तोडेको भन्दै उनलाई प्रतिबन्ध लागेको हो।

२८ वर्षे पौडीबाजले गल्ती नगरेको भन्दै सुरुमा अन्तर्राष्ट्रिय स्वीमिङ फेडेरेसन(फिना)ले एक प्रतिवेदन पेस गरेको थियो। तर, उनलाई विश्व एन्टी डपिङ एजेन्सी(वाडा)ले अदालतमा मुद्दा दायर गरेपछि उनी ८ वर्षे प्रतिबन्धमा परेका हुन्। उनलाई पौडीमा यस्तो प्रतिबन्ध दोस्रो पटक लागेको हो।

सन् २०१४ मा प्रतिबन्धित मेडिसिन बोकेको भन्दै उनलाई तीन महिनाको प्रतिबन्द लगाइएको थियो। तर, अहिलेको प्रतिबन्धको विरुद्धमा सनले अदालतमा मुद्दा दायर गर्ने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ।

उनले भने, ‘यो न्यायसंगत भएन। म निर्दोष छु।’ उनले डोपिङ टेस्टका लागि घरमा आएका मानिसहरुले आफ्नो परिचय दिन नसकेको कारण आफूले टेस्ट नगरेको पनि बताएका छन्।

सनले सन् २०११ यता विश्वका ११ ठूला उपाधि जितिसकेका छ।

प्रकाशित: Feb 29, 2020| 08:11 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।