मंगलबार, असार ३०, २०८३

पुछारको नर्विचसँग लेस्टर पराजित

लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा हारको सामना गरेको छ। उसले नर्विच सिटीविरुद्ध १-० को झिनो गोलअन्तरले हारको बेहोरेको हो।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं - लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा हारको सामना गरेको छ। उसले नर्विच सिटीविरुद्ध १-० को झिनो गोलअन्तरले हारको बेहोरेको हो।

नर्विचको घरेलु मैदानमा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। दोस्रो हाफमा नर्विचका जमल लेविसले गोल गरे। खेलको ७० औं मिनेटमा आरोनसले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलका लेस्टर सिटीका तर्फबाट कुनै खेलाडीले गोल गर्न सकेनन्। र, खेलमा नर्विच सिटीले संघर्षपूर्ण जित निकाल्यो।

जितसँगै उसले अंक तालिकामा ३ अंक बढाएको छ। तर, ऊ २१ अंकका साथ तालिकाको पुछारमै छ। उता लेस्टर सिटी २८ खेलमा १५ जित र ५ बराबरीका साथ ५० अंक बनाएर तालिकाको तेस्रो स्थानमा छ।

तालिकाको शीर्षस्थानमा भएका लिभरपुलको ७९ अंक रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५७ अंक छ।

प्रकाशित: Feb 29, 2020| 08:06 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।