मंगलबार, असार ३०, २०८३

हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा

धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश गरेको छ। योसँगै सेमीफाइनल समिकरण पूरा भएको छ ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

धनगढी– धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा हिमालयन शेर्पा क्लब प्रवेश गरेको छ। योसँगै सेमीफाइनल समिकरण पूरा भएको छ ।

धनगढी रंगशालामा शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा हिमालयन शेर्पाले गोर्खा व्वाईज रुपन्देहीलाई टाईव्रेकरमा ५–४ ले पराजित गरेको छ। निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाईव्रेकरबाट निर्णय लिइँदा हिमालयन शेर्पाले जितेको हो।

टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाएर टिमलाई जित हासिल गराए ।

गोर्खा ब्वाइजका हरि कठायत, अनिश तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरे । शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे । खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए । उनले नगद १० हजारसहित ट्रफी पाए । शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन् ।

पहिलो चरणमा बाइ पाएर क्वाटरफाइनल पुगेको हिमालय शेर्पा सेमिफाइनलमा आइतबार थ्रिस्टारसँग खेल्नेछ।

शनिवार प्रतियोगिताको पहिलो सेमीफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ तथा उपविजेताले १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन्।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदूरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। साविक बिजेता नेपाल पुलिस क्लव क्वाटरफाइनलबाटै बाहिरिएको छ।

प्रकाशित: Feb 28, 2020| 18:35 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।