शुक्रबार, फागुन १५, २०८२

खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ।

National life

शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लेनदेन मुद्दामा उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए।

कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन्।

तर ओलीको खातामा रकम नभएको भन्दै ब्याङ्कले कटुवाललाई रित्तै फिर्ता पठाएको थियो।

Laxmi sunrise bank
kumari

बैंक चेक नभजिएपछि कटवालले ओलीविरुद्ध दायर गरेको 'चेक बाउन्स'  सम्बन्धि मुद्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कैद र ३ हजार जरिवानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न आदेश दिएको थियो।

तर अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो। वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन्।

त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसेको र उनी सम्पर्कमा समेत नआएको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दिए।

उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो।

खुश्बु ओली सन् २००० मा मिस टिन नेपाल भएकी थिइन्। त्यसपछि उनले मोडलिङ गर्दै आएकी थिइन्। 

प्रकाशित: Feb 28, 2020| 17:03 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्