शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • मोटोपनले बिहे रोकिएपछि जिम जान थालेकी जेनिफर बनिन् ‘मिस ग्रेट ब्रिटेन’

मोटोपनले बिहे रोकिएपछि जिम जान थालेकी जेनिफर बनिन् ‘मिस ग्रेट ब्रिटेन’

जेनिफर अत्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनिन्। बेलायतको लिनकोलन्शायरको अलकेबी सहरमा बस्ने जेनिफरले निकै कडा मेहनत गरेर यो उपाधि हासिल गरेकी हुन्।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

एजेन्सी- जेनिफर अत्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनिन्। बेलायतको लिनकोलन्शायरको अलकेबी सहरमा बस्ने जेनिफरले निकै कडा मेहनत गरेर यो उपाधि हासिल गरेकी हुन्।

National life

उनलाई समेत विश्वास लागिरहेको छैन कि यो उपाधि आफ्नो नाममा आएको छ। २६ वर्षीया जेनिफरले विगत २ वर्षयता झण्डै ५६ किलो तौल घटाएकी छन्।

उनले आफ्नो तौल घटाउने निर्णय लिनुको कारण भने रमाइलो छ। उनको २४ वर्षको उमेरमा बिहे हुँदै थियो। तर उनलाई बिहे गर्ने भनिएका व्यक्तिले जेनिफर धेरै मोटी भएको भन्दै बिहे अस्वीकार गरेका थिए।

आफ्नो जीन्दगीको यो नमिठो क्षणपछि जेनिफरमा निराशा त छायो तर यसलाई शक्तिमा बदल्नुपर्छ भन्ने अठोट पनि मनमा आयो।

त्यसपछि उनले आफ्नो डाइट नियन्त्रण गरिन् र तौल घटाउनका लागि शारीरिक ब्यायामहरु गर्न थालिन्।

Laxmi sunrise bank
kumari

तौल घटाउनका लागि निकै मेहनेत गर्नुपर्यो। त्यो मेहनतले उनको तौल मात्र घटेन, उनले मिस ग्रेट ब्रिटेन २०२० को उपाधि जितिन्।

यो उपाधिसँगै जीन्दगी पूर्णरुपमा परिवर्तन भएको आभाष उनलाई भएको छ।

उनी भन्छिन्, ‘मेरो पहिलेको र अहिलेको जीन्दगीमा दिन–रातको अन्तर छ। मैले आफ्नो खानामा केही परिवर्तन गरेँ। तर खानाको शौखिन भने अहिले पनि हुँ। म हप्तामा ५ दिन जिम जान्छु, जीम मेरो जीन्दगीको हिस्सा बनिसकेको छ।’

उनी जतिबेला बिहेको तयारीमा थिइन् र तौलका कारण लज्जित हुनुपर्यो, त्यतिबेला तौल थियो १०९ किलो।

२ वर्षको अवधिमा उनले आफ्नो तौल ५६ किलो घटाएर जम्मा ५३ किलोको बनाइन्। यो बीचमा जेनिफर मिस स्कनथोर्प र मिस इङ्ल्याण्डको रनरअप बनिसकेकी छन्।

उनी भन्छिन्, ‘मेरो तौल घट्नुमा मलाई कुनै केटाले अस्वीकार गर्नु एउटा कारण हो र अर्को कारण मलाई मन पर्ने फेशन।’

Jen Atkin on the night she won Miss Great Britain.

File photo Jennifer Atkin after her weightloss.

Image result for Jennifer Atkin

प्रकाशित: Feb 28, 2020| 16:30 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्