मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खप्तड गोल्डकप : साविक विजेता प्रहरी क्वाटरफाइनलबाटै बाहिरियो

खप्तड गोल्डकप : साविक विजेता प्रहरी क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाईनलबाटै बाहिरिएको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

धनगढी- साविक विजेता नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाईनलबाटै बाहिरिएको छ।

विभागीय टीम नेपाल एपिएफ क्लबसँग टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित हुँदै नेपाल पुलिस क्लवको सेमिफाईनल यात्रा रोकिएको हो।

धनगढी रंगशालामा बिहीबार भएको तेस्रो क्वाटरफाईनलमा पुलिसलाई हराउँदै एपिएफ अन्तिम चारमा पुगेको छ। पहिलो चरणमा बाई पाएर क्वाटरफाईनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा क्वाटरफाईनलबाटै बाहिरिएको छ।

निर्धारित समयमा दुवै टीमले गोलरहीत बराबरी खेलेपछि टाइब्रेकरवाट निर्णय लिईदा एपिएफ बिजेता बन्यो। टाइब्रेकरमा एपीएफका सुदीप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे।

एपिएफएका नविन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए। पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे।

कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाईलीले बचाए।

खेल सकिन केही मिनेट मात्रै बाँकी रहँदा एपिएफले राजु नगरकोटीको सट्टा रोमन रसाईली र पुलिसले सत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएको थियो।

एपिएफ खप्तड गोल्डकपको सेमिफाईनल पुग्नुका साथै उसले सहिद स्मारक लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ। लिगमा एपिएफ १–० ले पराजित भएको थियो।

खेलको म्यान अफ दि म्याच एपिएफका आशिष लामा चुनिए। उनले नगद १० हजार सहित ट्रफी पाए।

खेलपछि प्रतिक्रिया दिँदै एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन नसकेको भन्दै टाइब्रेकरमा सफल भएको बताए।

एपिएफले फाईनल प्रवेशको लागि शनिवार आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको चौथो क्वाटरफाईनलमा शुक्रवार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही प्रतिस्पर्धा गर्नेछन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

धनगढी रंगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीले बेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले १०/१० हजार पुरस्कार पाउने छन्।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारा सहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि आयोजना गर्दै आएको छ।

प्रकाशित: Feb 27, 2020| 19:42 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।