काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरस्वती मावि, छोटी पर्सिया, कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए।
थापाले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश वाराणसीअन्तर्गतको ड्रमन्ड इन्टर कलेज पिलिमित भारतबाट हाइस्कुल तह उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको उजुरीमा उल्लेख छ।
यस्तै सांस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह ५ का नरेन्द्रकुमार आलेमगरविरुद्ध पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा मुद्दा चलाइएको अख्तियारले जनाएकाे छ।