सोमबार, चैत ९, २०८२

दोस्रो मदन भण्डारी स्मृति दौड प्रतियोगिता हुने

रन क्लब नेपाल र मदन भण्डारी स्पोट्र्स एकेडेमीले आगामी फागुन २४ गते दौड प्रतियोगिता गर्ने भएका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं- रन क्लब नेपाल र मदन भण्डारी स्पोट्र्स एकेडेमीले आगामी फागुन २४ गते दौड प्रतियोगिता गर्ने भएका छन्।

National life

दोस्रो संस्करणको ‘मदन भण्डारी स्मृति ठमेल रोड रेस’ प्रतियोगिता गर्ने लागको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ठमेल बहुजातिय, बहुधार्मिक एवम् बहुभाषिक पर्यटकीय र व्यापारिक केन्द्र रहेको क्षेत्रमा समाजलाई एकताको सुत्रमा बाँध्न २०७६ फागुन २४ गते स्वदेशी खेलाडी सहभागी गराई दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता आयोजना गरिएको छ।’

प्रतियोगितामा १५०० स्वदेशी खेलाडी सहभागी हुने आयोजकको दाबी छ।

ठमेलमा हुने प्रतियोगितामा चर्चित धावक जित बहादुर केसी र म्याराथनको ह्याट्रिक तोड्न सफल धावक वैकुण्ड मानन्धर पनि सहभागी हुने आयोजनले जनाएका छ।

Laxmi sunrise bank
kumari

प्रतियोगतालाई राष्ट्रिय खेलकुद परिषद्, एथ्लेटिक्स संघ र ठमेल पर्यटन विकास परिषद्ले प्राविधिक सहयोग गर्नेछ। दौड २४ गते विहान ७ देखि १० बजेसम्म हुने छ। प्रतियोगितामा तीन छुट्टाछुट्टै विधामा दौड हुने पनि बताइएको छ ।

५ किमी स्कुल लेभल दौड, ५ किमि पुरुष/महिला दौड र ५ किमि भेटेरान दौड रहेका छन्।

यस्तौ छ दौड रुट

लैनचौर फुटबल ग्राउन्डबाट दुध डेरी, लैनचौर, ब्यान्केट, उत्तरढोका, नागपोखरी, जय नेपाल, नारायणहिटी संग्रहालाय, महेन्द्र शालिक, घण्टाघर, रन्तपार्क हुँदै दरवार हाईस्कुल, जमल, केशर मल, संचयकोष भवन, नर्सिङ्गचोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस, मल्ल होटेल हुँदै पुन लैनचोर फुटबल ग्राउन्ड।

प्रकाशित: Feb 27, 2020| 15:59 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।