मंगलबार, असोज २७, २०८३

सीपी मैनालीसहित सबै घाइतेलाई काठमाडौं ल्याइयाे

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं - सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ।

वीपी राजमार्ग अन्तगर्त महोत्तरीको बर्दिवास- ३ कालापानीमा महासचिव मैनाली सवार गाडी दुर्घटनामा परेको हो।

गाडीमा मैनालीका छोरा, बुहारी, नाती र चालक समेत पाँच जना थिए। पाँचै जनालाई चोटपटक लागे पनि मैनाली र उनकी बुहारी गम्भीर घाइते रहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ।

प्रहरीका अनुसार मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने उनकी बुहारीको दुवै खुट्टा भाँचिएको छ।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप जीप एक आपसमा ठोक्किएका थियो।

प्रकाशित: Feb 27, 2020| 15:54 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।