मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘राष्ट्रियसभामा मेराे सदस्यताबारे २१ गते थाहा हुन्छ’

‘राष्ट्रियसभामा मेराे सदस्यताबारे २१ गते थाहा हुन्छ’

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आफू राष्ट्रिय सभा सदस्यको रुपमा दोहोरिने–नदोहोरिने बारेमा अहिले नै केही भन्न नसकिने बताएका छन् ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आफू राष्ट्रिय सभा सदस्यको रुपमा दोहोरिने–नदोहोरिने बारेमा अहिले नै केही भन्न नसकिने बताएका छन् ।

मन्त्रिपरिषद बैठकले फागुन ५ र १२ गते गरेका निर्णयहरुको बारेमा जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘राष्ट्रिय सभाका सदस्यको शपथ ग्रहण २१ गते छ। त्यही बेला भेट होला हाम्रो, त्यतिबेला नै थाहा होला सबै कुरा । अहिले केही बोल्दिनँ।’

सरकारका प्रवक्ताको रुपमा पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री खतिवडाले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियोका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा टिप्पणी गर्न चाहेनन्।

‘अडियो प्रकरणमा अनुसन्धान गर्ने सबै निकाय लागेका छन् । कानुनी विधिबाट निरुपण हुन दिऊँ, पक्ष–विपक्षमा बोल्दा वस्तुनिष्ठ हुँदैन,’ डा. खतिवडाले भने।

प्रकाशित: Feb 27, 2020| 15:32 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।