बिहीबार, भदौ ४, २०८३

रमेश खरेलको अभियान टिममा कुरा नमिलेपछि स्थगित

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान समूहमा कुरा नमिलेपछि स्थगित भएको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं– नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान समूहमा कुरा नमिलेपछि स्थगित भएको छ।

आफ्नै समूहबीच कुरा नमिलेपछि  आज (बिहीबार) बुद्धनगरस्थित पार्टी प्यालेसमा आयोजना हुने भनिएको घोषणासभामा खरेल सहभागी भएनन्।

नेपालसमयसित खरेलले भने, "कार्यक्रम स्थलमा पुगेको थिएँ। तर टीममा कुरा मिलेन र हामी फर्कियौं। बाँकी कुरा प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराउने छु।"

यसअघि उनले देशमा सुशासनका अभियान थाल्ने बताएका थिए।

फेसबुक स्ट्याटस् लेख्दै खरेलले आफ्नो कन्ट्रोलबाट बाहिर गएकोले आफूसहित देवेन्द्र सिटौला र राजकुमार यादव कार्यक्रममा सहभागी नहुने पनि जानकारी दिएका छन्।

प्रकाशित: Feb 27, 2020| 14:55 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।