बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनार्दन शर्माको प्रश्न, ‘ श्वेतपत्रमा मेरो नाम लेखेर तर्साउन खोजिएको हो?’

जनार्दन शर्माको प्रश्न, ‘ श्वेतपत्रमा मेरो नाम लेखेर तर्साउन खोजिएको हो?’

सत्तारुढ नेकपा जनार्दन शर्माले नेपाल ट्रस्टले जारी गरेको श्वेतपत्रमा आफ्नो राखिएको आपत्ति जनाएका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टले जारी गरेको श्वेतपत्रमा आफ्नो राखिएको आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले आफ्नो नाम श्वेतपत्रमा राखेर तर्साउन खोजिएको हो कि भन्ने प्रश्नसमेत गरेका छन्।

ट्रस्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ट्रस्टको जग्गा यती समूहलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो।

उक्त प्रकरमा आफ्नो संलग्नता नभएको बताउँदै शर्माले नाम राखिएकोमा आपत्ति जनाए।

शर्माले आफूले जनहितका प्रस्तावहरु ल्याएको, रोजगारी सिर्जना गर्नुपर्छ भनेको, मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ भनेको जस्ता कारणले आफूमाथि प्रश्न उठाइएको हो कि भन्ने आशंका व्यक्त गरे।

उनले आफ्नो नाम गलत गरिकाले मुछेको तर पछिल्ला विवादास्पद निर्णय गर्दा नेपाल ट्रस्टको संरक्षक तथा अध्यक्ष को थिए भन्ने उल्लेख नगरिएको आरोप लगाए।

 

प्रकाशित: Feb 27, 2020| 14:55 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।