बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीको विकासमा स्वार्थ समूहको अवरोधः मुख्यमन्त्री पोखरेल

लुम्बिनीको विकासमा स्वार्थ समूहको अवरोधः मुख्यमन्त्री पोखरेल

लुम्बिनीको दीर्घकालीन विकासका लागि गम्भीरता जरुरी रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

भैरहवा– लुम्बिनीको दीर्घकालीन विकासका लागि गम्भीरता जरुरी रहेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

पश्चिम नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका ‘लुम्बिनी’को ३९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पेखरेलले भने, ‘लुम्बिनीको विषयमा हामी गम्भीर छलफल गर्नै चाहँदैनौं। लुम्बिनी विकासका लागि राम्रो योजना ल्याउन खोज्दा स्वार्थ समूहले बारम्बार अवरोध सृजना गरेका छन् । त्यसको विषयमा मिडियाले पनि खोजिनीति गरेन।’

उनले लुम्बिनी पर्खालभित्र मात्रै हो भन्ने सोचाइमा परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा लुम्बिनीपछिको अर्को महत्वपूर्ण गन्तव्य बाँके बर्दिया राष्ट्रिय निकुन्ज भएको बताए। उनले भ्रमण वर्षको शुरुवातपछि बर्दियामा पर्यटकको संख्या बढेको पनि जानकारी दिए।

प्रकाशित: Feb 27, 2020| 13:59 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।