बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण ३७ देशमा, मृत्यु हुनेको संख्या २८०१, कहाँ कति (सूचीसहित)

कोरोना संक्रमण ३७ देशमा, मृत्यु हुनेको संख्या २८०१, कहाँ कति (सूचीसहित)

चीनमा २७४४ को मृत्यु भएको छ भने मृत्यु हुने ५७ जना अन्य मुलुकका छन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

बेइजिङ– डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस संक्रमण अहिले विश्वका कम्तीमा ३७ मुलुकमा फैलिएको छ। भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८०१ पुगेको छ।

चीनमा २७४४ को मृत्यु भएको छ भने मृत्यु हुने ५७ जना अन्य मुलुकका छन्। 

चीनमा संक्रमण हुनेको संख्या ७८ हजार ५ सय पुगेको छ। अन्य मुलुकमा ३ हजार २ सय २५ संक्रमित भएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ३२ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएकाे जनाएकाे छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा संक्रमणको दर घट्न थालेको जनाएको छ। डब्लूएचओका अनुसार कम्तीमा ३७ देशमा कोरोना फैलिएको छ। 

दक्षिण कोरियामा थप ३३४ जनामा संक्रमित भएको पुष्टि भएको छ। संक्रमण देशको दक्षिणी क्षेत्रमा बढी फैलिएको हाे।

कोरोना संक्रमणका कारण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच सैन्य अभ्यास स्थगन भएको छ। धेरै मुलुकले आफ्ना नागरिकलाई दक्षिण कोरिया भ्रमणमा रोक लगाएका छन्।

इटालीमा ४ सय जनामा संक्रमण भएको छ। यो संख्या एसियाबाहिरको सबैभन्दा धेरै हो। युरोपका अल्जेरिया, अस्ट्रिया, क्रोएसिया, जर्मनी, स्पेन, स्विट्जरल्यान्ड, नर्वे, रोमानिया, जर्जिया, मेसोडेनियाजस्ता मुलुकमा पनि कोरोना संक्रमण भएकाे  छ।

धेरै मुलुकले भाइरसबाट बच्न विभिन्न आपत्कालीन उपाय अवलम्बन गर्न थालेका छन्। इटालीमा एक लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको छ।

मध्यपूर्वमा सबैभन्दा बढी इरानमा १९ जनाको ज्यान गइसकेको छ भने १३९ जनामा संक्रमण फैलिएको छ। यस्तै कुवेत, इराक, ओमन, बहराइन र लेबनानमा पनि भाइरस संक्रमण देखा परेको छ।

संयुक्त राज्य अमेरिकी अधिकारीहरूले संक्रमण हुन नदिन अत्यन्त सजगता अपनाएकाे बताएका छन्। सान फ्रान्सिस्को राज्यमा कोरोना भाइरस संक्रमण नदेखिए पनि आपत्कालीन अवस्था घोषणा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध प्रतिकार्य गर्न उपराष्ट्रपति माइक पेन्सलाई नियुक्त गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हामी सबै तयारी गरेका छौं। अमेरिकी जनतालाई कोरोना संक्रमण हुने जोखिम अत्यन्त न्यून छ।’

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भाइरस संक्रमण रोक्न तयारी अवस्थामा रहेको बताएका छन्। उनले संसदमा भने, ‘हामीसँग संक्रमणको प्रतिरोध गर्ने औषधि त छैन तर तयारी अवस्थामा छौं।'

विश्व स्वास्थ्य संगठनले सबै मुलुकलाई कोरोना संक्रमण फैलन नदिन सेचत हुन आग्रह गरेको छ।

संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले बुधबार जेनेभामा सम्बोधन गर्दै यस्तो अपिल गरेका हुन्।

उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन, वृद्ध र अपांगता भएका नागरिकको सुरक्षाका लागि समुदाय परिचालन गर्न र बढी जोखिममा रहेका देशहरूलाई विशेष सजग रहन आग्रह गरेका छन्।


कहाँ कति मृत्यु ?

चीन : २७४४

इरान : १९

दक्षिण कोरिया : १३

इटाली : १२

जापान : ७

हङकङ : २

फ्रान्स : २

फिलिपिन्स : १

ताइवान: १

प्रकाशित: Feb 27, 2020| 11:11 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।