बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेवका कारण बबन्डरः पार्टी छाड्न ओलीलाई झलनाथको चेतावनी

वामदेवका कारण बबन्डरः पार्टी छाड्न ओलीलाई झलनाथको चेतावनी

वरिष्ठ नेता झलनाथ खनालले भनेका छन्- 'कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो होइन भने पार्टीको निर्णय टाउकाले टेकेर पनि कार्यान्वयन गर्नुपर्छ ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि उत्पन्न भएको तरंगलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट्ले वामदेव मोहले बबन्डर शीर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले नेकपामा विवाद चर्कियो, गौतमलाई राष्ट्रिय सभामा लाने विषयमा शीर्ष नेता विभाजित शीर्षकमा खबर लेखेकाे छ ।

यस्तै आजको नयाँ पत्रिकाले आवेगमा ओली शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुरले भने राष्ट्रिय सभामा गौतम कि खतिवडा ? शीर्षकमा खबर लेखेको छ ।

सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन सिफारिस गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद छताछुल्ल भएको छ। बुधबार बिहान बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित गर्ने सर्वसम्मत निर्णय र्गयो।

तर, त्यसको एक घण्टा पनि बित्न नपाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने विषयमा आफू असहमत रहेको भन्दै असन्तुष्टि जनाए । वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर ९० मिनेट सम्झाउँदै प्रधानमन्त्री ओलीले भने– म वामदेवलाई सांसद बनाउन सक्दिनँ, युवराज खतिवडालाई नै बनाउँछु, यो सरकारको अधिकार हो ।

पार्टी सचिवालयमा प्रचण्ड बलियो बन्दै गर्दा अल्पमतमा परेको आक्रोशसमेत ओलीले देखाएका छन् । वामदेवले संविधान संशोधनको शर्त छोड्नुका पछाडि आफूविरुद्धको षड्यन्त्रको रुपमा समेत ओलीले अर्थयाएको पत्रपत्रिकाले लेखेका छन् ।

ओलीले असन्तुष्टि जनाएका पनि नेकपाका अन्य सचिवालय सदस्यहरुले भने पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले मान्नु पर्ने बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय ओलीले कार्यान्वयन गर्नै पर्ने बताएका छन् ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ‘ब्याक’ भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ ? भनेर गरिएको प्रश्नमा उनले भनेका छन्– बाहिर के आयो मलाई केही थाहा छैन । तर, म यति भन्छु- पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुँदैन । प्रधानमन्त्रीले पनि टाउकाले टेकेर पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।

उनले कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो होइन भने पार्टीको निर्णय टाउकाले टेकेर पनि कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले प्रश्न गरेका छन्- 'नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?'

सचिवालयका अन्य सदस्य एकातिर र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष अर्को तिर हुँदा यसले ओली पार्टीमा कति कमजोर बनेका छन् भन्ने पनि प्रष्टसँग देखिएको छ ।

यस्तै प्रधानमन्त्री ओली गौतमको विपक्षमा देखिएपछि सत्तारुढ नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको समेत आजका पत्रपत्रिकाले लेखेका छन् । 

प्रकाशित: Feb 27, 2020| 07:10 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।