शनिबार, मंसिर १३, २०८२

मनास्लु आरोहणका लागि १०८ जनालाई अनुमति

क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

पोखरा– क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो हो मनास्लु हिमाल । जसलाई ‘किलर माउण्टेन’पनि भनिन्छ । 

National life

यो हिमालमा मनाङतर्फबाट अहिलेसम्म सफल आरोहण भएको छैन । गोरखाबाट हुने आरोहण पनि उत्तिकै जोखिमयुक्त छ । तथापि वर्षेनि हिमाल चढ्नेको भीडभाड हुन्छ, मनास्लुमा ।

पर्यटन विभागका अनुसार मनास्लु चढ्न सेप्टेम्बरसम्म एक सय आठ आरोहीले अनुमति लिएका छन् । यी आरोहीको १० समूह छ । जसमा ८० पुरुष र १८ महिला छन् । अनुमति लिएकामध्ये अधिकांश विदेशी रहेका छन् । अक्टोबर र अप्रिल आरोहण सिजन हो । 

केही आरोही सामागाउँ पुगिसकेका छन् भने केही उकालो चढिरहेका छन् । धेरैजसो शेर्पा पूर्वतयारीका लागि बेसक्याम्प पुगेका सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष मिङमा लामाले बताए । 

शेर्पा, गाइड, कुक, भरिया लगायतका सहयोगी खच्चडमा सामान बोकर ट्रेकिङ मार्फत सामागाउँ पुगेका छन् भने अधिकांश आरोही हेलिकोप्टरमार्फत् त्यहाँ पुगेका हुन् । केही आरोही भने हिँडेरै गएका छन् । 

Laxmi sunrise bank
kumari

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल संसारको आठौँ अग्लो हो । मनास्लु बेसक्याम्प सामागाउँबाट दुई घण्टा हिँडेपछि पुगिन्छ । आरोहीको आगमनले स्थानीयमा उत्साह भरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका कार्यक्रम संयोजक अजित तुम्बाहाम्फेले बताए । ‘तीन दिनमै ७० जना प्रवेश गरिसकेका छन् । हिमाल चढ्ने र पदयात्री छुट्याइएको छैन,’ उनले भने । उनका अनुसार दुई सय हाराहारी आरोहीले आरोहण गर्ने अनुमान छ ।  विगतमा पनि वर्षेनि २ देखि ३ सयले मनास्लु आरोहण गर्दथे । 

अघिल्लो वर्ष बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल(खलिफाले सफल आरोहण गरेपछि मनास्लुप्रति आरोहीको आकर्षण झनै बढेको छ । कोभिडकै बीच जोखिम मोलेर आरोही बेसक्याम्पतिर उक्लिएका छन् । 

अक्टुबर सिजनका लागि आरोहण अनुमति लिनेबाट १ करोड ४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरिएको विभागले जनाएको छ । गत वर्ष ३ सय जनाले आरोहण अनुमति लिएका थिए ।

मनास्लु बेस क्याम्प नजिक एक सय आठ वटा होटल सञ्चालनमा छन् । अहिले होटल पाहुनले भरिन थालेका छन् । 

सामागाउँ होटल व्यवस्थापन समितिका अध्यक्ष लामाले भने, ‘भरिया र गाइडदेखि शेर्पा खचाखच छन् सामागाउँमा । धेरैपछि पर्यटक देख्न पाइयो । धेरै समयपछि होटलम चहलपहल बढेको छ ।’

सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेपछि आरोहण खुला भएको हो । पछिल्लो समय चिनियाँ र युरोपेली आरोही मनास्लु आरोहणमा बढी जान्छन् ।

प्रकाशित: Sep 07, 2021| 10:55 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।