शनिबार, कात्तिक २९, २०८२

‘कमेडी च्याम्पियन’का टप थ्री छानिए, को बन्ला विजेता ?

कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ। शो नायिका केकी अधिकारीको टिमले तयार गरेको हो।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले राम्रै चर्चा बटुलिरहेको छ। भारतीय च्यानलबाट कपी गरिएको भन्दै सुरुमा ओठ लेप्र्याएकाहरु पनि अहिले नियमित दर्शक बनेका छन्।

National life

गएको गाईजात्राको छेको पारेर सुरु भएको कमेडी च्याम्पियन फाइनलको संघारमा पुगेको छ।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका छन्। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलका पुगेका हुन्। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए । मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।

धादिङका हिमेशलाई लजिकल कमेडियनको रुपमा प्रस्तुत गरिएको छ भने रोल्पाका खड्गबहादुर ग्रामीण विषयवस्तुमा कमेडी गर्छन्। भोजपुरका सुमन भने ‘दले दाइ’को क्यारेक्टरबाट चर्चामा आएका हुन्। उनी पूर्वी लवजमा कमेडी गर्छन्।

कमेडी च्याम्पियनकाे फाइनल चैत १ गते हाेटल साेल्टीमा हुने बताइएकाे छ। 

Laxmi sunrise bank
kumari

कमेडी च्याम्पियनको विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ। शो नायिका केकी अधिकारीको टिमले तयार गरेको हो।

प्रकाशित: Feb 24, 2020| 20:59 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्