मंगलबार, असार ३०, २०८३

प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय टिमलाई

साफेबगरमा सोमबार सम्पन्न प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमले जितेको छ। फाइनलमा आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई ३-१ को सेटले पराजित गर्दै अधिकृतको टोलीले उपाधि आफ्नो पक्षमा पारेको हो।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

अछाम - साफेबगरमा सोमबार सम्पन्न प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमले जितेको छ। फाइनलमा आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई ३-१ को सेटले पराजित गर्दै अधिकृतको टोलीले उपाधि आफ्नो पक्षमा पारेको हो।

पहिलो सेट २५-२३ ले जिते पनि आयोजक टिमले त्यसपछि कुनै सेट जित्न सकेन्। अधिकृतको टोलीले त्यसपछि २५-२०, २५-२२ र ३०-२८ ले खेल जित्दै उपाधि आफ्नो पक्षमा पार्यो।

उपाधिसंगै अधिकृतको टिमले ट्रफिसहित नगद ५ लाख तथा उपविजेता बनेको फाउन्डेसनले २ लाख ५० हजार पाएको छ। प्रतियोगिताको तृतिय स्थान एन्जिला पुस्तक पसलले जित्यो।

पुरस्कार कार्यक्रममा महिला क्रिकेट टीमकी खेलाडी कविता कुँवरलगायत प्रयोजक, सहआयोजकलाई सम्मानसमेत गरियो। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै प्रजातन्त्र दिवसको अवसर प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 24, 2020| 17:33 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।